Hajurkopost

छत्रदेव इन्जिनियरिङ्ग वर्कशप बुटवलद्दारा वृहत् रुपमा बिस्वकर्मा पुजा सम्पन्न ।

सोमबार, आश्विन ०१, २०८०

Article


१ आश्विन, बुटवल / छत्रदेव इन्जिनियरिङ्ग वर्कशप बुटवल देविनगरमा आज बिस्वकर्मा पुजा आरधाना वृहत् रुपमा सम्पन्न भएको छ । आश्विन १ गतेका दिन नेपालका हरेक ठाउमा बिस्वकर्मा पुजा गरि फलाम र फलाम जन्य वस्तु उत्पादन र विक्रि गरिने ठाउमा आजकाे दिन विस्वकर्मा बाबाकाे पुजा गरिने प्रचलन छ । यसैक्रमा आज छत्रदेव इन्जिनियरिङका सञ्चालक अभिनव भुषालले पनि वृहत् रुपमा पुजाआरधाना गरेका हुन ।



उक्त छत्रदेव इन्जिनियरिङ्ग वर्कशपमा खासगरि फलाम र स्टिल वाट निर्माण हुने बुट्टेदार र आवस्यकता अनुसारका निर्माण सामाग्री निर्माण गरिन्छ । ग्रिलसंग सम्वन्धित ट्रस्ट, भवन, सटर, झ्याल, ढाेका, लगाएका सम्पुर्ण काम गरिने वुटवलकाे चर्चित र सुफत मुल्यमा उपलब्ध गराउने ग्रिल उद्योगकाे रुपमा परिचित छ । वुटवल देविनगरकाे वाणिज्य क्याम्पसकाे पुर्विगेट नजिक रहेकाे ग्रिल उद्योगमा करिव २० जना भन्दा वढि कामदारहरुले काम गर्दै व्यावसायलाइ पुर्ण सफलता तिर लगेकाे वताएका छन ।


उक्त पुजामा करिव २२ भन्दा वढि माेटरसाइकल र इन्जिनियरिङ वर्कशपकाे पुजा गरिएकाे छ ।



अन्य समाचारहरु:

विश्वकप क्रिकेटमा इंग्ल्याण्ड १५६ रनमै अलआउट
विश्वकप क्रिकेटमा इंग्ल्याण्ड १५६ रनमै अलआउट

कात्तिक १, काठमाण्डौ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले इंग्ल्याण्डलाई एक सय ५६ रनमै अलआउट गरेको छ । भारतको बैंग्लुरुमा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले ३३ ओभर २ बलमा सबै विकेट गुमाएर १५६ रन मात्र बनाएको हो । ओपनर जोनी बेयरस्टो र डेविड मालनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । तर, थप १०१ रन जोड्दा इंग्ल्याण्डले सबै विकेट गुमायो ।श्रीलंकाका लाहिरु कुमाराले ३ विकेट लिए भने एन्जेलो म्याथु र कसुन राजिथाले समान २–२ विकेट लिए । इंग्ल्याण्ड र श्रीलंकाले यसअघिका चार खेलमा समान एक/एक खेल जितेका छन् । 

अर्घाखाँची सैनामैना  सेवा समाजले दशै विशेष सरसफाइ कार्यक्रम सम्पन्न
अर्घाखाँची सैनामैना सेवा समाजले दशै विशेष सरसफाइ कार्यक्रम सम्पन्न

कात्तिक १, बुटवल / अर्घाखाँची सैनामैना सेवा समाज सैनामैनाले दशै विशेष सरसफाइ कार्यक्रम सम्पन्न गरेकाे छ । अर्घाखाँची सैनामैना रुपन्देही सेवा समाजले सैनामैना वाड १ले बुटवल उपमहानगर काे सिमाना बौराहा खाेला देखि वाड न २ काे रानिवगिया सम्म काे लाेक माग मा सरसफाइ कार्यक्रम सम्पन्न भएको काे छ । जसकाे अध्यक्ष गाेपाल प्रसाद खनाल कार्यक्रमका प्रमुख अतिथि वाड १ अध्यक्ष भुवन बहादुर क्षेत्री बिशिस्ट अतिथि जनप्रतिनिधि प्रेम लाल भुसाल अतिथि हरुमा सल्लाहकार कार्य समिति एवम् वाड १ बासि अर्घाखाँची बाट रुपन्देहीको सै ना मै ना वाड १ मा बसाेबास गर्नेहरुकाे व्यापाक उपस्थितिमा सम्पन्न भएको छ ।

अर्घाखाँची सैनामैना सेवा समाज रुपन्देही सैनामैना तिजगित कार्यक्रम सम्पन्न
अर्घाखाँची सैनामैना सेवा समाज रुपन्देही सैनामैना तिजगित कार्यक्रम सम्पन्न

१ आश्विन, बुटवल / अर्घाखाँची सैनामैना सेवा समाज रुपन्देही सैनामैना १ ले महिलाहरुकाे महान पर्व हरितालिका तिजकाे अवसरमा तिजगित मिलन कार्यक्रम भव्य रुपमा सन्पन्नगरेकाे छ ।कार्यक्रम समाजका अध्यक्ष गाेपाल प्रसाद खनाल काे अध्यक्षता, अर्घाखाँचीकि चेलि भक्तपुर जिल्लामा कार्यरत डिएसपी लक्ष्मी खनाल काे प्रमुख आतिथ्यता, बिशिस्ट अतिथि वाड न १ जनप्रतिनिधि प्रेम लाल भुसाल लगाएतका अन्य अतिथि बिभिन्न सघ सस्था समाजसेवी , तथा सैनामैना १ वरपरका सयाै दर्शकहरुकाे उपस्थित रहेकाे थियाे ।उक्त कार्यक्रममा तिजगित गाउने तथा उपस्थित सवैलाइ सेवा समाजले दहि केरा खुवाएर सम्मान समेत गरेकाे थियाे । कार्यक्रम समाजका सचिव बाबुराम ज्ञवाली काे सञ्चालनमा सम्पन्न भएको थियाे ।