Hajurkopost

सुसान्त आचार्यले मनाए शैक्षिक सामग्री वितरण गरि आफ्नो जन्मदिन

बुधबार, भाद्र ०६, २०८०

Article

शुद्धाेधन ५ रूपन्देही ,रुपन्देहीकाे शुद्धोधन गाउँपालिकाका युवा ब्यवसायि सुसान्त आचार्यले जन्म दिनको अवसर परेर सरकारी विद्यालयमा अध्यनरत ६० जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्।



बुधवार रुपन्देहीकाे केवलपुरमा अवस्थित श्री केवलपुर प्राथमिक विद्यालयमा एक कार्यक्रम गरी गरिब तथा जेहेन्दार ६० जना बिद्यार्थीहरुलाई १५ हजार बरावरकाे शैक्षिक सामग्री वितरण गरेका हुन्। सानैबाट असाय,अनाथहरुलाई सहयोग गर्न रूचाउने सुसान्तले हाेटलमा गएर फजुल खर्च गरेर जन्म दिन मनाउनु भन्दा सिर्जनात्मक काम गर्न आफुलाई इच्छा जागेको हुदा शैक्षिक सामग्री वितरण गरेको बताए ।


केही समयदेखि फाेटाेगार्फी गर्दै आएका सुसान्तलाई अहिले भ्याइनभ्याई छ।

कलिलो उमेरबाटनै केही फरक काम गर्न रूचाउने सुसान्त अहिले केही न केही माध्यमबाट सामाजिक काममा सक्रिय छन्् ।

अन्य समाचारहरु:

विश्वकप क्रिकेटमा इंग्ल्याण्ड १५६ रनमै अलआउट
विश्वकप क्रिकेटमा इंग्ल्याण्ड १५६ रनमै अलआउट

कात्तिक १, काठमाण्डौ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले इंग्ल्याण्डलाई एक सय ५६ रनमै अलआउट गरेको छ । भारतको बैंग्लुरुमा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले ३३ ओभर २ बलमा सबै विकेट गुमाएर १५६ रन मात्र बनाएको हो । ओपनर जोनी बेयरस्टो र डेविड मालनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । तर, थप १०१ रन जोड्दा इंग्ल्याण्डले सबै विकेट गुमायो ।श्रीलंकाका लाहिरु कुमाराले ३ विकेट लिए भने एन्जेलो म्याथु र कसुन राजिथाले समान २–२ विकेट लिए । इंग्ल्याण्ड र श्रीलंकाले यसअघिका चार खेलमा समान एक/एक खेल जितेका छन् । 

अर्घाखाँची सैनामैना  सेवा समाजले दशै विशेष सरसफाइ कार्यक्रम सम्पन्न
अर्घाखाँची सैनामैना सेवा समाजले दशै विशेष सरसफाइ कार्यक्रम सम्पन्न

कात्तिक १, बुटवल / अर्घाखाँची सैनामैना सेवा समाज सैनामैनाले दशै विशेष सरसफाइ कार्यक्रम सम्पन्न गरेकाे छ । अर्घाखाँची सैनामैना रुपन्देही सेवा समाजले सैनामैना वाड १ले बुटवल उपमहानगर काे सिमाना बौराहा खाेला देखि वाड न २ काे रानिवगिया सम्म काे लाेक माग मा सरसफाइ कार्यक्रम सम्पन्न भएको काे छ । जसकाे अध्यक्ष गाेपाल प्रसाद खनाल कार्यक्रमका प्रमुख अतिथि वाड १ अध्यक्ष भुवन बहादुर क्षेत्री बिशिस्ट अतिथि जनप्रतिनिधि प्रेम लाल भुसाल अतिथि हरुमा सल्लाहकार कार्य समिति एवम् वाड १ बासि अर्घाखाँची बाट रुपन्देहीको सै ना मै ना वाड १ मा बसाेबास गर्नेहरुकाे व्यापाक उपस्थितिमा सम्पन्न भएको छ ।

अर्घाखाँची सैनामैना सेवा समाज रुपन्देही सैनामैना तिजगित कार्यक्रम सम्पन्न
अर्घाखाँची सैनामैना सेवा समाज रुपन्देही सैनामैना तिजगित कार्यक्रम सम्पन्न

१ आश्विन, बुटवल / अर्घाखाँची सैनामैना सेवा समाज रुपन्देही सैनामैना १ ले महिलाहरुकाे महान पर्व हरितालिका तिजकाे अवसरमा तिजगित मिलन कार्यक्रम भव्य रुपमा सन्पन्नगरेकाे छ ।कार्यक्रम समाजका अध्यक्ष गाेपाल प्रसाद खनाल काे अध्यक्षता, अर्घाखाँचीकि चेलि भक्तपुर जिल्लामा कार्यरत डिएसपी लक्ष्मी खनाल काे प्रमुख आतिथ्यता, बिशिस्ट अतिथि वाड न १ जनप्रतिनिधि प्रेम लाल भुसाल लगाएतका अन्य अतिथि बिभिन्न सघ सस्था समाजसेवी , तथा सैनामैना १ वरपरका सयाै दर्शकहरुकाे उपस्थित रहेकाे थियाे ।उक्त कार्यक्रममा तिजगित गाउने तथा उपस्थित सवैलाइ सेवा समाजले दहि केरा खुवाएर सम्मान समेत गरेकाे थियाे । कार्यक्रम समाजका सचिव बाबुराम ज्ञवाली काे सञ्चालनमा सम्पन्न भएको थियाे ।