Hajurkopost

कक्षा १२ काे रिजल्टमा अक्सफोर्डकी दिया बनिन नेपाल प्रथम ।

बुधबार, श्रावण ३१, २०८०

Article




बुटवल साउन ३१ / राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरे सङ्गै अक्सफोर्ड मावि नेपाल प्रथम भएको छ। विज्ञान ,व्यवस्थापन, तथा शिक्षाशास्त्र संकायमा गरी कुल ८११ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएकोमा एक सय बिस विद्यार्थीले A+ ल्याएका छन् । विज्ञान संकाय अध्ययन गर्ने दिया भुसालले ३.९६ GPA ल्याएर नेपाल प्रथम बनेकी छिन् ।



त्यस्तै व्यवस्थापन संकायका सुमित पोखेलले ३.९० Gpa अङ्‌क ल्याएर लुम्बिनी प्रदेश प्रथम भएका छन् । सागर सिङ्‌ले ३.८५ अभियान रेग्मीले ३.८२ Gpa युवराज भण्डारीले ३.८१Gpa प्राप्त गरेकाे विद्यालयका प्राचार्य दिनेश भुसालले बताउनुभयाे। विगत बर्षहरूमा पनि उत्कृष्ट नतिजा ल्याएको अक्सफोर्डले अहिले भने नेपाल प्रथम हुन सफल भएको प्राध्यापक सुमन भुसालले बताउनुभयाे।

अन्य समाचारहरु:

विश्वकप क्रिकेटमा इंग्ल्याण्ड १५६ रनमै अलआउट
विश्वकप क्रिकेटमा इंग्ल्याण्ड १५६ रनमै अलआउट

कात्तिक १, काठमाण्डौ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले इंग्ल्याण्डलाई एक सय ५६ रनमै अलआउट गरेको छ । भारतको बैंग्लुरुमा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले ३३ ओभर २ बलमा सबै विकेट गुमाएर १५६ रन मात्र बनाएको हो । ओपनर जोनी बेयरस्टो र डेविड मालनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । तर, थप १०१ रन जोड्दा इंग्ल्याण्डले सबै विकेट गुमायो ।श्रीलंकाका लाहिरु कुमाराले ३ विकेट लिए भने एन्जेलो म्याथु र कसुन राजिथाले समान २–२ विकेट लिए । इंग्ल्याण्ड र श्रीलंकाले यसअघिका चार खेलमा समान एक/एक खेल जितेका छन् । 

अर्घाखाँची सैनामैना  सेवा समाजले दशै विशेष सरसफाइ कार्यक्रम सम्पन्न
अर्घाखाँची सैनामैना सेवा समाजले दशै विशेष सरसफाइ कार्यक्रम सम्पन्न

कात्तिक १, बुटवल / अर्घाखाँची सैनामैना सेवा समाज सैनामैनाले दशै विशेष सरसफाइ कार्यक्रम सम्पन्न गरेकाे छ । अर्घाखाँची सैनामैना रुपन्देही सेवा समाजले सैनामैना वाड १ले बुटवल उपमहानगर काे सिमाना बौराहा खाेला देखि वाड न २ काे रानिवगिया सम्म काे लाेक माग मा सरसफाइ कार्यक्रम सम्पन्न भएको काे छ । जसकाे अध्यक्ष गाेपाल प्रसाद खनाल कार्यक्रमका प्रमुख अतिथि वाड १ अध्यक्ष भुवन बहादुर क्षेत्री बिशिस्ट अतिथि जनप्रतिनिधि प्रेम लाल भुसाल अतिथि हरुमा सल्लाहकार कार्य समिति एवम् वाड १ बासि अर्घाखाँची बाट रुपन्देहीको सै ना मै ना वाड १ मा बसाेबास गर्नेहरुकाे व्यापाक उपस्थितिमा सम्पन्न भएको छ ।

अर्घाखाँची सैनामैना सेवा समाज रुपन्देही सैनामैना तिजगित कार्यक्रम सम्पन्न
अर्घाखाँची सैनामैना सेवा समाज रुपन्देही सैनामैना तिजगित कार्यक्रम सम्पन्न

१ आश्विन, बुटवल / अर्घाखाँची सैनामैना सेवा समाज रुपन्देही सैनामैना १ ले महिलाहरुकाे महान पर्व हरितालिका तिजकाे अवसरमा तिजगित मिलन कार्यक्रम भव्य रुपमा सन्पन्नगरेकाे छ ।कार्यक्रम समाजका अध्यक्ष गाेपाल प्रसाद खनाल काे अध्यक्षता, अर्घाखाँचीकि चेलि भक्तपुर जिल्लामा कार्यरत डिएसपी लक्ष्मी खनाल काे प्रमुख आतिथ्यता, बिशिस्ट अतिथि वाड न १ जनप्रतिनिधि प्रेम लाल भुसाल लगाएतका अन्य अतिथि बिभिन्न सघ सस्था समाजसेवी , तथा सैनामैना १ वरपरका सयाै दर्शकहरुकाे उपस्थित रहेकाे थियाे ।उक्त कार्यक्रममा तिजगित गाउने तथा उपस्थित सवैलाइ सेवा समाजले दहि केरा खुवाएर सम्मान समेत गरेकाे थियाे । कार्यक्रम समाजका सचिव बाबुराम ज्ञवाली काे सञ्चालनमा सम्पन्न भएको थियाे ।