बुटवल साउन ३१,/ राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा आज सार्वजनिक गरे सङ्गै अक्सफोर्ड माविले उत्कृष्टता हासिल गरेको छ । विज्ञान ,व्यवस्थापन, तथा शिक्षाशास्त्र संकायमा गरी कुल ८११ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएकोमा एक सय बिस विद्यार्थीले A+ ल्याएका छन् । विज्ञान संकाय अध्ययन गर्ने दिया भुसालले ३.९६ GPA ल्याएर उत्कृष्ट बनेकी छिन् ।
त्यस्तै व्यवस्थापन संकायका सुमित पोखेलले ३.९० Gpa अङ्क ल्याएका छन् भने सागर सिङ्ले ३.८५ Gpa युवराज भण्डारीले ३.८१Gpa प्राप्त गरेकाे विद्यालयका प्राचार्य दिनेश भुसालले बताउनुभयाे। विगत बर्षहरूमा पनि उत्कृष्ट नतिजा ल्याएको अक्सफोर्डले अहिले पनि उत्कृष्टता हासिल गर्न सफल भएको प्राध्यापक सुमन भुसालले बताउनुभयाे। अक्सफोर्ड मा.वि बाट यस बर्षको नतिजामा ८६. प्रतिशत उत्कृष्ट रिजल्ट ल्याउन सफल भएको हुँदा सम्भवत अक्सफोर्डकाे नतिजा देशकै उत्कृष्ट भएकोमा विद्यार्थी ,अभिभावक ,प्राध्यापक तथा कर्मचारीलाई धन्यवाद ब्यक्त गर्नुभएकाे शिक्षक कृष्णप्रसाद पाण्डेले जानकारी दिनुभएको छ ।
कात्तिक १, काठमाण्डौ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले इंग्ल्याण्डलाई एक सय ५६ रनमै अलआउट गरेको छ । भारतको बैंग्लुरुमा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले ३३ ओभर २ बलमा सबै विकेट गुमाएर १५६ रन मात्र बनाएको हो । ओपनर जोनी बेयरस्टो र डेविड मालनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । तर, थप १०१ रन जोड्दा इंग्ल्याण्डले सबै विकेट गुमायो ।श्रीलंकाका लाहिरु कुमाराले ३ विकेट लिए भने एन्जेलो म्याथु र कसुन राजिथाले समान २–२ विकेट लिए । इंग्ल्याण्ड र श्रीलंकाले यसअघिका चार खेलमा समान एक/एक खेल जितेका छन् ।
कात्तिक १, बुटवल / अर्घाखाँची सैनामैना सेवा समाज सैनामैनाले दशै विशेष सरसफाइ कार्यक्रम सम्पन्न गरेकाे छ । अर्घाखाँची सैनामैना रुपन्देही सेवा समाजले सैनामैना वाड १ले बुटवल उपमहानगर काे सिमाना बौराहा खाेला देखि वाड न २ काे रानिवगिया सम्म काे लाेक माग मा सरसफाइ कार्यक्रम सम्पन्न भएको काे छ । जसकाे अध्यक्ष गाेपाल प्रसाद खनाल कार्यक्रमका प्रमुख अतिथि वाड १ अध्यक्ष भुवन बहादुर क्षेत्री बिशिस्ट अतिथि जनप्रतिनिधि प्रेम लाल भुसाल अतिथि हरुमा सल्लाहकार कार्य समिति एवम् वाड १ बासि अर्घाखाँची बाट रुपन्देहीको सै ना मै ना वाड १ मा बसाेबास गर्नेहरुकाे व्यापाक उपस्थितिमा सम्पन्न भएको छ ।
असोज १२ तिलोत्तमा बुटवलन्यू होराइजन कलेज होराइजन गौतम बुद्ध मा. वि का कक्षा ११ र १२ का विद्यार्थीहरुबाट सङ्गठित जुनियर युवा रेडक्रम सरकलको गठन भएको छ ।कक्षा १२ मा अध्ययनरत विद्यार्थी आस्था अधिकारीकाे अध्यक्षतामा गठन भएको नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष आविष्कार न्यौपाने,सचिव, सचेत बस्नेत, सह-सचिव सम्मृद्धि नेपाल,कोषाध्यक्ष कृपा मल्ल,कार्यसमिति सदस्यमा प्रियम पाण्डे,श्रिशान्त आचार्य,अञ्जु ज्ञवाली ,सृष्टि पौडेल ,शुभम बि.क,सागर खत्री, कृष्णा खनाल रहेका छन् ।सामाजिक सेवाभावकाे लक्ष्य सहित गठन भएको समितिकाे प्रथम बैठक बसि विद्यालय परिसरमा वृक्षरोपण समेत गरेको छ। वृक्षारोपण कार्यक्रममा विद्यालयका प्राचार्य गाेपाल प्रसाद आचार्यले बिरुवा राेपेर उद्घाटन गर्नुभएको थियोे ।वृक्षरोपण कार्यक्रममा सहायक क्याम्पस प्रमुख इन्द्रन्यूप्रसाद भुसाल ,प्राध्यापक डा.नारायणप्रसाद पन्थ,विज्ञान सङ्काय संयाेजक प्रदीप अर्याल,ब्यावस्थापन संयाेजक रुद्र भुसाल,डा.तारानाथ भट्टराई ,बरूण घिमिरे, मोहन मरासिनी ,मित्रलाल मरासिनी समेतकाे उपस्थिति रहेको थियोे । बैठकले सल्लाहकारकाे रूपमा कृष्ण बहादुर क्षेत्रीलाई चयन गरेको छ।आस्था अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा Red cross का उपाध्यक्ष आविष्कार न्यौपानेले Red cross का सिद्धान्तहरुमाथि प्रकाश पार्दै स्वागत गरेका थिए। कार्यक्रमकाे सञ्चालन सचेत बस्नेतले गरेका थिए।