Hajurkopost

बनका अध्यक्ष आचार्य मिलेमताेमा लाखै रकम हिनामिना

शनिबार, श्रावण २०, २०८०

Article

साउन २०, अर्घाखाँची / अर्घाखाँची शितगंगा नगरपालिका वडा नम्बर ११ को देबिदेउराली सामुदायिक बनका अध्यक्ष बाबुराम आर्चायले सेटिङमा काठ उपलब्ध गराउने भन्दै ३ लाख रकम ठेकदार सँग लिएको खुलेको छ । सुटुक्क बनको काठ मिलाइदिने भन्दै आर्चायले पोखराका ब्यापारि सँग गत फागुन महिनामै रकम लिएर काठ उपलब्ध गराउन नसके पछि आर्चायको कर्तुत बाहिरिएको हो । काठ लिलामको सुचना लुकाएर सुटुक्क दिने भन्दै समितिलाइ समेत जानकारी नगराइ काठ लिलाम गर्न रकम लिएका आर्चायले काठ संकलन गरेको रकम समेत कामदारले नपाएको गुनासो गरेका छन । जंगलबाट काट निकालेर घाटगद्यी सम्मको काम गर्ने कामदारले भने ५ महिना देखि कुनै रकम नपाएको काम गरिरहेका होम बहादुर बिकले गुनासो गरेका छन ।


बनको खातामा समेत रकम हुँदा पनि कामदारको रकम आर्चायले नदिएको समितिका सदस्यहरुको गुनासो छ । आर्चाय समितिको बैठक बसाल्न समेत आनाकानी गर्ने गरेका छन । कामदारको रकम नदिने आर्चायले असार लागे पछि मनोमानी रुपमा सडक खनेर ७ लाख सकिएको भन्दै हिसाव समितिमा दिएका छन । यता वडाका जनप्रतिनिधीले भने मुख्य सडकमा लगानी गर्न भन्दा नमानी मनोमानी रुपमा अध्यक्षले सवारी नै नजाने क्षेत्रमा बजेटको दुरुपयोग गरेको जनप्रतिनिधीको गुनासो छ ।

अन्य समाचारहरु:

विश्वकप क्रिकेटमा इंग्ल्याण्ड १५६ रनमै अलआउट
विश्वकप क्रिकेटमा इंग्ल्याण्ड १५६ रनमै अलआउट

कात्तिक १, काठमाण्डौ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले इंग्ल्याण्डलाई एक सय ५६ रनमै अलआउट गरेको छ । भारतको बैंग्लुरुमा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले ३३ ओभर २ बलमा सबै विकेट गुमाएर १५६ रन मात्र बनाएको हो । ओपनर जोनी बेयरस्टो र डेविड मालनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । तर, थप १०१ रन जोड्दा इंग्ल्याण्डले सबै विकेट गुमायो ।श्रीलंकाका लाहिरु कुमाराले ३ विकेट लिए भने एन्जेलो म्याथु र कसुन राजिथाले समान २–२ विकेट लिए । इंग्ल्याण्ड र श्रीलंकाले यसअघिका चार खेलमा समान एक/एक खेल जितेका छन् । 

अर्घाखाँची सैनामैना  सेवा समाजले दशै विशेष सरसफाइ कार्यक्रम सम्पन्न
अर्घाखाँची सैनामैना सेवा समाजले दशै विशेष सरसफाइ कार्यक्रम सम्पन्न

कात्तिक १, बुटवल / अर्घाखाँची सैनामैना सेवा समाज सैनामैनाले दशै विशेष सरसफाइ कार्यक्रम सम्पन्न गरेकाे छ । अर्घाखाँची सैनामैना रुपन्देही सेवा समाजले सैनामैना वाड १ले बुटवल उपमहानगर काे सिमाना बौराहा खाेला देखि वाड न २ काे रानिवगिया सम्म काे लाेक माग मा सरसफाइ कार्यक्रम सम्पन्न भएको काे छ । जसकाे अध्यक्ष गाेपाल प्रसाद खनाल कार्यक्रमका प्रमुख अतिथि वाड १ अध्यक्ष भुवन बहादुर क्षेत्री बिशिस्ट अतिथि जनप्रतिनिधि प्रेम लाल भुसाल अतिथि हरुमा सल्लाहकार कार्य समिति एवम् वाड १ बासि अर्घाखाँची बाट रुपन्देहीको सै ना मै ना वाड १ मा बसाेबास गर्नेहरुकाे व्यापाक उपस्थितिमा सम्पन्न भएको छ ।

होराइजन कलेज होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम सम्पन्न ।
होराइजन कलेज होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम सम्पन्न ।

असोज १२ तिलोत्तमा बुटवलन्यू होराइजन कलेज होराइजन गौतम बुद्ध मा. वि का कक्षा ११ र १२ का विद्यार्थीहरुबाट सङ्‌गठित जुनियर युवा रेडक्रम सरकलको गठन भएको छ ।कक्षा १२ मा अध्ययनरत विद्यार्थी आस्था अधिकारीकाे अध्यक्षतामा गठन भएको नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष आविष्कार न्यौपाने,सचिव, सचेत बस्नेत, सह-सचिव सम्मृद्धि नेपाल,कोषाध्यक्ष कृपा मल्ल,कार्यसमिति सदस्यमा प्रियम पाण्डे,श्रिशान्त आचार्य,अञ्जु ज्ञवाली ,सृष्टि पौडेल ,शुभम बि.क,सागर खत्री, कृष्णा खनाल रहेका छन् ।सामाजिक सेवाभावकाे लक्ष्य सहित गठन भएको समितिकाे प्रथम बैठक बसि विद्यालय परिसरमा वृक्षरोपण समेत गरेको छ। वृक्षारोपण कार्यक्रममा विद्यालयका प्राचार्य गाेपाल प्रसाद आचार्यले बिरुवा राेपेर उद्घाटन गर्नुभएको थियोे ।वृक्षरोपण कार्यक्रममा सहायक क्याम्पस प्रमुख इन्द्रन्यूप्रसाद भुसाल ,प्राध्यापक डा.नारायणप्रसाद पन्थ,विज्ञान सङ्काय संयाेजक प्रदीप अर्याल,ब्यावस्थापन संयाेजक रुद्र भुसाल,डा.तारानाथ भट्टराई ,बरूण घिमिरे, मोहन मरासिनी ,मित्रलाल मरासिनी समेतकाे उपस्थिति रहेको थियोे । बैठकले सल्लाहकारकाे रूपमा कृष्ण बहादुर क्षेत्रीलाई चयन गरेको छ।आस्था अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा Red cross का उपाध्यक्ष आविष्कार न्यौपानेले Red cross का सिद्धान्तहरुमाथि प्रकाश पार्दै स्वागत गरेका थिए। कार्यक्रमकाे सञ्चालन सचेत बस्नेतले गरेका थिए।